काठमाडौं । अमेरिकाले संयुक्त राष्ट्रसंघसँग सम्बन्धित ३१ निकायसहित कुल ६६ अन्तर्राष्ट्रिय संस्थाबाट औपचारिक रूपमा बाहिरिने निर्णय गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार यससम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् ।
ह्वाइट हाउसका अनुसार ती संस्थाहरू अमेरिकी राष्ट्रिय हित, सार्वभौमिकता र आर्थिक नीतिसँग असंगत रहेको ठहर गर्दै सदस्यता र आर्थिक सहयोग दुवै अन्त्य गर्ने निर्णय गरिएको हो । यससँगै ती संस्थामा जाने अमेरिकी अनुदान र योगदान तत्काल रोकिनेछ ।
ट्रम्प प्रशासनले ती निकायहरूले ‘उग्र जलवायु नीति, वैश्विक शासनको एजेन्डा र वोक विचारधारा’लाई प्रश्रय दिएको आरोप लगाएको छ । कुन–कुन संस्थाबाट बाहिरिएको हो भन्ने पूर्ण सूची भने सार्वजनिक गरिएको छैन ।
यसअघि पनि अमेरिका विश्व स्वास्थ्य संगठन, मानव अधिकार परिषद्, यूनेस्को र प्यालेस्टिनी शरणार्थीसम्बन्धी यूएन एजेन्सीबाट अलग भइसकेको छ । पछिल्लो निर्णयलाई ट्रम्प प्रशासनको अन्तर्राष्ट्रिय सहयोगबाट पछि हट्ने नीतिको निरन्तरता मानिएको छ ।





























प्रतिक्रिया