स्याङ्जा
स्याङ्जाको आँधीखोला गाउँपालिकाले पाँच वर्षमा दुई हजार आठ सय उद्यमी सहित चार हजार दुई सय जनालाई रोजगार दिने गरी लघुउद्यम विकास रणनीति योजना तयार पारेको छ ।आँधीखोला गाउँपालिकाको भेलाले लघुउद्यम विकास रणनीतिक योजना सार्वजनिक गरेको हो । गाउँपालिकाले अगामी पाँच वर्षका लागि रणनीतिक योजना समेत तय गरेको छ । गाउँपालिकाका स्थानीयलाई लघुउद्यमबाट आत्मनिर्भर र समृद्ध आँधीखोला बनाउन पञ्चवर्षीय योजना सार्वजनिक गरेको अध्यक्ष सुधीर पौडेलले जानकारी दिए।
पाँच वर्षको अवधिमा दुई हजार सात सय ७१ उद्यमी र चार हजार एक सय ५७ जनालाई रोजगारी दिने गरी योजना तयार पारिएको छ । रोजगारका लागि बिदेसिने युवालाई आफ्नै गाउँमा रोजगार सिर्जना गर्ने योजना तयार पारिएको पौडेलले बताए । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जाका प्रमुख विश्वभद्र खनालले स्थानीय स्रोतसाधनको उच्चतम परिचालन हुने खालका योजना तयार गरिएकाले यसले स्थानीय स्तरमा रोजगारी सिर्जना हुने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेलले स्थानीय स्रोत–साधनको प्रयोग गरी आगामी पाँच वर्ष भित्रमा बैदेसिक रोजगारमा जानेको संख्यामा कमी आउने बताइन् । गाउँका बहुमूल्य वस्तु चिन्न नसक्दा खाडी मुलुकमा पसिना बगाउन बाध्य युवालाई यस्ता कार्यक्रमले गाउँघरमै रोजगार दिन सक्ने अध्यक्ष पौडेलको भनार्इ छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया