वीरगन्ज
तीन बिघामा उखु लगाएका पर्साको विन्धवासिनी गाउँपालिकाका गर्दौलका किसान गिरधारी यादव चिनी मिलबाट चलान पूर्जा पाउने आशामा बसेको डेढ महिना भइसकेको छ । तर उनले अहिलेसम्म पनि चलान पूर्जा पाएका छैनन् । उखु रोप्ने बेलामा चिनी मिलका जेटीएले चलानको कुनै समस्या हुँदैन ढुक्क भएर खेती गर्नुस् भनेर आश्वासन दिए । यादव भन्छन्, ‘तर अहिले चलान पुर्जी नपाउँदा खेतमै उखु छिप्पिएर सुक्न थालेको डेढ महिना भइसक्यो, त्यति बेला आश्वासन दिएका जेटीए पनि अहिले बेपत्ता छन् ।’
छिमेककी दुई÷तीन जना किसानले चिनी मिलका कर्मचारीसँग चिनजान रहेका मान्छेबाट भनसुन गराई चलान पूर्जी लिएर उखु बेचेको उनले बताए । पर्साकै कालीकामाई गाउँपालिका वडा नम्बर १ मुडलीका पवन किशोर चौरसीया पनि चिनी मिलले चलान उपलब्ध नगराएका कारण एक महिना देखि चिन्तित छन् । ‘अढाइ बिघामा उखु रोपेको थिएँ, चिनी मिलले एक बिघाका लागि मात्र चलानी दियो, डेढ बिघाको उखु खेतमै सुकेर बसेको छ’, उनले भने, ‘भाउ जति दिए पनि हुन्थ्यो तर चलान पूर्जी बेलैमा पाए उखु लगेर मिल सम्म पु¥याइदिन्थे। चलानका लागि चिनी मिलमा जाँदा त्यहाँका कर्मचारीले पहिले ठूला किसानलाई मात्रै दिने र त्यसपछि बचे मात्र आफू जस्ता साना किसानलाई चलाउन दिने जवाफ दिएर फर्काइदिएको उनले बताए ।
बाराको कलैया उपमहानगरपालिकाको मनहर्वामा रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिको लापर्बाहीका कारण यादव र चौरसीया जस्ता पर्साका हजारौं उखु कृषक मारमा परेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार पर्सामा यसपालि करिब चार हजार बिघामा उखुखेती गरिएको छ।
रिलायन्स चिनी मिलले उखुको चलान पुँजी उपलब्ध नगराएका कारण पर्साका लगभग तीन हजार भन्दा बढी उखु किसान समस्यामा परेका हुन् । पर्साका किसानको उखु रिलायन्स चिनी मिलले खरिद गरेर क्रसिङ गरि चिनी उत्पादन गर्दै आएको छ । पर्साका किसानको उखु खरिदका लागि रिलायन्स चिनी मिलले पर्साको पोखरीयाको बसन्तपुर, मिलनचोक र पोकाहवा पिपरमा गरी तीन ठाउँमा उखु संकलन केन्द्र पनि स्थापना गरेको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया