पर्यटकीय गन्तव्यः तस्विरमा म्याग्दीको नरच्याङ झरना (फोटो फिचर)

पर्यटकीय गन्तव्यः तस्विरमा म्याग्दीको नरच्याङ झरना (फोटो फिचर)

केन्द्रबिन्दु
36
Shares

म्याग्दी। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नरच्याङमा रहेको नरच्याङ झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। नेपालकै अग्ला झरनाहरू मध्ये एक मानिने यो झरनाको उचाइ करिब ५०० मिटरभन्दा बढी रहेको बताइन्छ ।

अन्नपूर्ण हिमश्रृंखलाबाट बग्ने हिमनदीय पानीका कारण वर्षभरि अविरल बगिरहने यस झरनाले पर्यटकलाई रोमाञ्चक अनुभूति गराउँछ । झरनाको वरिपरि फैलिएको हरियाली, उकालो–ओरालो पहाड र टाढा देखिने हिमाली दृश्यले नरच्याङलाई प्राकृतिक सौन्दर्यले भरिएको गन्तव्य बनाएको छ ।

बेनीबाट दरबाङ हुँदै नरच्याङ पुग्न सकिने यस क्षेत्रमा पछिल्ला वर्षहरूमा सडक तथा पदमार्ग दुबै सहज बन्दै गएका छन्। पहुँच सुधारिएसँगै यहाँ पुग्ने पर्यटकको संख्या पनि बढ्दो छ ।

नरच्याङ झरना क्षेत्र होमस्टे, पदयात्रा (ट्रेकिङ) र फोटोग्राफीका लागि अत्यन्तै उपयुक्त मानिन्छ । स्थानीय संस्कृति, आतिथ्यता र प्राकृतिक सौन्दर्यको संगमका कारण यस क्षेत्रले म्याग्दीको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
झरना गण्डकी प्रदेशको मुनरच्याङ झरना ः म्याग्दीको नयाँ पर्यटन गन्तव्य

म्याग्दी। म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नरच्याङमा रहेको नरच्याङ झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। नेपालकै अग्ला झरनाहरू मध्ये एक मानिने यो झरनाको उचाइ करिब ५०० मिटरभन्दा बढी रहेको बताइन्छ।

अन्नपूर्ण हिमश्रृंखलाबाट बग्ने हिमनदीय पानीका कारण वर्षभरि अविरल बगिरहने यस झरनाले पर्यटकलाई रोमाञ्चक अनुभूति गराउँछ। झरनाको वरिपरि फैलिएको हरियाली, उकालो–ओरालो पहाड र टाढा देखिने हिमाली दृश्यले नरच्याङलाई प्राकृतिक सौन्दर्यले भरिएको गन्तव्य बनाएको छ।

बेनीबाट दरबाङ हुँदै नरच्याङ पुग्न सकिने यस क्षेत्रमा पछिल्ला वर्षहरूमा सडक तथा पदमार्ग दुबै सहज बन्दै गएका छन्। पहुँच सुधारिएसँगै यहाँ पुग्ने पर्यटकको संख्या पनि बढ्दो छ।

नरच्याङ झरना क्षेत्र होमस्टे, पदयात्रा (ट्रेकिङ) र फोटोग्राफीका लागि अत्यन्तै उपयुक्त मानिन्छ। स्थानीय संस्कृति, आतिथ्यता र प्राकृतिक सौन्दर्यको संगमका कारण यस क्षेत्रले म्याग्दीको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

स्थानीयवासीले आवश्यक पूर्वाधार विकास र प्रचार–प्रसारमा ध्यान दिन सके नरच्याङ झरना पश्चिम नेपालकै प्रमुख पर्यटन गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरेका छन्। झरना गण्डकी प्रदेशको पर्यटन गन्तव्य बन्दै गएको स्थानियको भनाई छ ।

(तस्विरः प्रतिक्षा काफ्ले रासस )

Logo