कांग्रेस विशेष महाधिवेशन पक्षधरहरुले खारेज गरे केन्द्रीय कार्यालयको आदेश

कांग्रेस विशेष महाधिवेशन पक्षधरहरुले खारेज गरे केन्द्रीय कार्यालयको आदेश

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरुले केन्द्रीय कार्यालयले बुधबार केन्द्रीय प्रतिनिधिहरुलाई काठमाडौं नआउन जारी गरेको निर्देशनलाई खारेज गर्ने घोषणा गरेका छन् ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको निर्देशनलाई दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रुपमा खारेज गर्ने कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए । उनले भने, ‘नेपाली कांग्रेसको हिजो केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको जुन फरमान छ, त्यसलाई नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनका तर्फबाट एकमुष्ट रुपमा खारेज गर्ने कुरा यही पत्रकार सम्मेलन मार्फत घोषणा गर्दछौं ।’

यस्तै, उनले विगतमा राजाले दिएको आदेश नमानेका हामी विधानसम्मत तरिकाले, विधानको पालना होस भन्दैगर्दा विशेष महाधिवेशनको औचित्य सकियो भन्ने त्यो आदेशलाई नमान्ने पनि बताए ।

उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिवले जारी गरेको जुन फरमान वा आदेश छ पहिला राजाको समयमा त राजाले दिएको आदेश नमानेको आज विधानसम्मत तरिकाले, विधानको पालना होस भन्दै गर्दा विशेष महाधिवेशनको औचित्य सकियो भन्ने आदेशलाई हामी यहीबाट खारेज गर्छौं ।’

Skip This
Skip This
Logo