काठमाडौं
सरकारले विगत देखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दैछ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । "/>

सार्वजनिक बिदामा व्यापक कटौतीः लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र तथा सहिद दिवसमा पनि विदा नहुने !

सार्वजनिक बिदामा व्यापक कटौतीः लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र तथा सहिद दिवसमा पनि विदा नहुने !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
सरकारले विगत देखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दैछ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरता सहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्ष सहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो । यस अघिका सरकारले दिँदै आएको २२ वटा सार्वजनिक बिदा कटौती प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरी घोषणा गर्ने तयारी छ । वर्षौँ देखि सार्वजनिक बिदा दिने गरेको दिनमा पनि कार्यालय खोल्ने प्रस्ताव गृह मन्त्रालयले गरेको छ ।

गृह मन्त्रालय स्रोतले उपलब्ध गराएको उक्त प्रस्ताव अनुसार आगामी नयाँ वर्ष देखि लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र दिवस लगायतका दिनमा दिने बिदा कटौती गरेको छ । त्यस्तै हरेक वर्ष माघ १६ गते सहिद दिवसका अवसरमा दिइँदै आएको सार्वजनिक बिदा पनि कटौती गर्ने प्रस्तावमा छ । गृहको प्रस्ताव आज (बुधबार) बस्ने मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि लागू हुनेछ ।

यसैवीच सरकारी कार्यालयहरू १६ माघ देखि १५ कात्तिक सम्म बिहान १० बजे खुलेर अपराह्न ५ बजेपछि बन्द हुनेछन् । यसैगरी १६ कात्तिक देखि १५ माघ सम्म बिहान १० बजे देखि अपराह्न ४ बजे सम्म खुला रहनेछन् । हरेक शुक्रबारका दिन १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुनेछ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo