काठमाडाैं । बहुराष्ट्रिय बाथवेयर तथा होम सोलुसन बेन्कार्डोले ‘बेन्कार्डो साथ सहयोग’ कार्यक्रम तथा बेन्कार्डो होम सोलुसनअन्तर्गत स्मार्ट किचन भर्टिकलको औपचारिक सार्वजनिक गरेकाे छ ।
होटल एभरेस्टमा सम्पन्न कार्यक्रममार्फत बेन्कार्डोले आफ्ना वितरक तथा डिलर साझेदारहरूसँग दीर्घकालीन सहकार्य, आपसी विश्वास र व्यवसायिक सुदृढीकरणप्रतिको प्रतिबद्धता पुनः दोहोर्याएको छ । सोही अवसरमा ‘बेन्कार्डो सहकार्य’ पहल पनि सार्वजनिक गरिएको छ, जसको उद्देश्य च्यानल पार्टनरहरूसँग अझ नजिकबाट काम गर्दै संयुक्त व्यवसाय विस्तार र अन्तिम उपभोक्तालाई अझ राम्रो सेवा प्रदान गर्नु हो।
बेन्कार्डोको स्थापना सन् २००३ मा हङकङमा भएको हो। हाल कम्पनीको दर्ता कार्यालय नेपाल, भारत, कतार तथा युएई मा रहेको छ। नेपालमा बेन्कार्डोले सन् २०१४ देखि औपचारिक रूपमा सञ्चालन गर्दै आएको छ। चीन र भारतमा उत्पादन इकाइहरू रहेको बेन्कामा विश्वभर २०० भन्दा बढी दक्ष जनशक्ति कार्यरत छन्।
नेपालमा बेन्कार्डोको ५ सयभन्दा बढी टचपोइन्ट, १० भन्दा बढी वितरण केन्द्र, तथा २० भन्दा बढी प्राविधिक सहितको सेवा सञ्जाल रहेको छ, जसले देशभर छरिएको बजारमा छिटो र प्रभावकारी सेवा सुनिश्चित गर्दै आएको छ।
बेन्कार्डोले नेपाली उपभोक्तालाई लक्षित गर्दै किफायती लकजरी अवधारणामा आधारित बाथवेयर तथा किचनवेयर उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा बेन्कार्डोले स्मार्ट किचनका लागि नयाँ होम सोलुसन भर्टिकल सार्वजनिक गरेको छ, जसअन्तर्गत चिनी, हब्स, कुकटप, तथा गिजर समावेश छन्। यी उत्पादनहरू आधुनिक डिजाइन, नवीन प्रविधि र किफायती मूल्यमा नेपाली भान्सा तथा बाथरूमको आवश्यकता अनुसार तयार गरिएको कम्पनीले जनाएको छ।
बेन्कार्डो साथ सहयोग तथा बेन्कार्डो सहकार्य कार्यक्रममार्फत कम्पनीले च्यानल पार्टनरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै गुणस्तरीय सेवा, विश्वसनीयता र दीर्घकालीन व्यवसायिक सहकार्यताई प्राथमिकतामा राख्ने स्पष्ट सन्देश दिएको छ।































प्रतिक्रिया