रेशमखेतीले अर्थतन्त्रमा योगदान पुर्याउन सक्छः मन्त्री परियार

रेशमखेतीले अर्थतन्त्रमा योगदान पुर्याउन सक्छः मन्त्री परियार

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ। कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले राष्ट्रिय रेशम सम्मेलनमा रेशम उद्योगले ग्रामीण आय, रोजगारी र राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान दिन सक्ने बताएका छन् । उनले तीन तहको सरकार, निजी क्षेत्र र सरोकारवाला संस्थाबीच समन्वय र सहकार्यमा उद्योगको भविष्य निर्भर रहने बताए ।

पूर्वमन्त्री आनन्दप्रसाद पोख्रेल, रेशम उद्योगका विशेषज्ञ र गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूले नेपालको रेशम उत्पादन र निर्यातलाई विश्वस्तरमा लैजानुपर्ने जोड दिए । सम्मेलनमा रेशमखेती, किम्बु खेती, रेमश किरापालन, धागो उत्पादन, बुनाइ र वस्त्र निर्माणलाई एकीकृत गरी वार्षिक ५ खर्ब रुपैयाँ बराबरको आर्थिक मूल्य सिर्जना गर्ने रणनीति प्रस्तुत गरिएको छ ।

कार्यक्रममा ‘नेपाल रेशम भिजन २०२६–२०३५’, क्लस्टर आधारित खेती, वित्तीय र बजार संयन्त्र, प्रविधि हस्तान्तरण, सीप विकास र एकीकृत ‘नेपाल सिल्क ब्राण्डिङ’ निर्माणमा छलफल भएको थियो ।

Logo