पोखरा
सवारी चापले साँघुरो बन्दै गएको पर्यटकीय क्षेत्र लेकसाइडको केही खण्डलाई ‘नो भेइकल जोन’ बनाइएको छ । "/>

पोखराको लेकसाइड अब ‘नो भेइकल जोन’

पोखराको लेकसाइड अब ‘नो भेइकल जोन’

केन्द्रबिन्दु
0
Shares

पोखरा
सवारी चापले साँघुरो बन्दै गएको पर्यटकीय क्षेत्र लेकसाइडको केही खण्डलाई ‘नो भेइकल जोन’ बनाइएको छ । अब देखि हरेक शुक्रबार र शनिबार लेकसाइडको ‘नो भेइकल जोन’ भित्र सवारी चल्न पाउने छैनन् । मूल सडकमा सवारी रोकिए पनि त्यहाँ सम्म पुग्ने भित्र सडकमा भने निर्बाध रुपमा सवारी चलाउन पाइनेछ ।

स्थानीय पर्यटन व्यवसायी, सरोकारवाला, पोखरा–लेखनाथ महानगरपालिका, सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त पहलमा लेकसाइडलाई नो भेइकल जोन घोषणा गरिएको हो । लेकसाइडमा सवारी चाप बढेर घुम्न आएका स्वदेशी तथा विदेशी पाहुनालाई हिँडडुलमा समस्या भएको गुनासो बढेपछि साताको दुई दिन सवारी प्रवेशमा रोक लगाउने गरी ‘नो भेइकल जोन’ बनाइएको पोखरा पर्यटन परिषद (पिटिसी) का अध्यक्ष केदार शर्माले बताए । उनका अनुसार अब देखि हरेक शुक्रबार र शनिबार साँझ पाँच बजे पछि लेकसाइडमा सवारी सञ्चालन पूर्ण रुपमा बन्द हुनेछन् ।

‘मूल सडक मात्र हामीले रोक्ने हो । भित्री सडकमा सवारी निर्बाध चल्न सक्छन्,’ उनले भने, ‘मूल सडक सम्म मिसिने थुप्रै भित्री सडक भएकाले सवारी रोकिँदा खासै समस्या पर्दैन ।’ पहिलो चरणमा हल्लनचोक देखि बाराहीघाट सम्म (करिब डेढ किलोमिटर) को दूरीमा सवारी प्रवेश रोक लगाइनेछ । त्यसका लागि हल्लनचोक पुगेका सवारीलाई क्याम्पिङचौर र सहिदचोक हुँदै गएका सवारी बाराही मन्दिर जाने छेउको रत्न मन्दिरको जग्गामा पार्किङ गर्ने व्यवस्था मिलाइने उनले बताए ।

‘परीक्षणका लागि अहिले सातामा दुई दिन सवारी चलाउन रोक लगाइनेछ,’ अध्यक्ष शर्माले भने, ‘केही समय भित्रै यसलाई विस्तार गरेर सातै दिन नो भेइकल जोन बनाउन पनि सकिन्छ ।’ नो भेइकल जोन बनाउँदा पर्यटकलाई हिँडडुलमा सहजता त हुनेछ नै शान्त वातावरणमा पाहुना घुम्न पाउने पनि उनले बताए ।
नागरिकबाट

Skip This
Skip This
Logo