ललितपुर
शिक्षाका अधिकांश कार्यक्रम स्थानीय निकायको जिम्मेवारीमा गइसके पनि जिल्लाका स्थानीय निकायमा शिक्षाका कर्मचारी गएका छैनन् । "/>

ललितपुरमा खटाएको ठाउँमा गएनन सरकारी कर्मचारी

ललितपुरमा खटाएको ठाउँमा गएनन सरकारी कर्मचारी

केन्द्रबिन्दु
0
Shares

ललितपुर
शिक्षाका अधिकांश कार्यक्रम स्थानीय निकायको जिम्मेवारीमा गइसके पनि जिल्लाका स्थानीय निकायमा शिक्षाका कर्मचारी गएका छैनन् । शिक्षाका कर्मचारी नजाँदा स्थानीय निकायमा काम अघि बढाउन अन्योल रहेको सहायक जिल्ला शिक्षा अधिकारी खेम पोखरेलले बताए । जिल्लामा एउटा महानगरपालिका, दुई वटा नगरपालिका र तीन वटा गाउँपालिका गरी ६ वटा तह छन् । सबैभन्दा बढी विद्यालय भएको ललितपुर महानगरपालिकामा अघिल्लो वर्ष एक उपसचिव, तीन अधिकृत र चार जना स्रोत व्यक्ति गएका थिए । उनी भन्छन्, “ती मध्ये उपसचिव फिर्ता भएको र अधिकृतलाई हाजिर गराएनन् ।”

गोदावरी नगरपालिकामा एक जना अधिकृत र तीन जना स्रोत व्यक्ति गएको पोखरेलले बताए । महालक्ष्मी नगरपालिकामा एक जना स्रोत व्यक्ति गएका छन् । कोञ्जेसोम, वाग्मती र महाँकाल गाउँपालिकामा एक जना पनि शिक्षाका कर्मचारी छैनन् । उनी भन्छन् , “एक त कतिमा कर्मचारी नै छैनन् भने गएका पनि फर्किएका छन् ।” शिक्षाका कर्मचारी नहुँदा शिक्षाको बजेट अरुमा नै खर्च हुन थालेको छ । शिक्षाका कर्मचारी समायोजन प्रक्रियामा असहमत हुँदा स्थानीय निकायमा नगएका हुन् । गएका कर्मचारी समेत काम गर्ने वातावरण नहुँदा फर्किएको पोखरेलले बताए ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo