एप्पल कम्पनीले अहिले बजारमा पाईने मुल्यको तुलनामा निकै सस्तो पर्ने किसिमको आईप्याड उत्पादन गर्ने तयारी गरिरहेको छ । यसको साथै एप्पलले शिक्षाको क्षेत्रमा उपयोगि हुने किसिमका सफ्टवेयरहरु पनि उत्पादन गर्ने तयारीमा रहेको छ ।
अमेरिकाको सिकागोमा एक कार्यक्रमको आयोजना गरेर उक्त उत्पादनहरुको वारेमा जानकारी दिन एप्पलले संचारकर्मीहरुलाई निमन्त्रणा समेत पठाइसकेको छ । ब्लुमबर्ग वेवसाईटको रिपोर्ट अनुसार एप्पलले आईप्याडको सबैभन्दा सस्तो भर्जनलाई बजारमा ल्याउने तयारी गरेको जनाईएको छ । एप्पलले शिक्षाको क्षेत्रमा पनि आफुलाई अग्रसर गराउन धेरै विद्यार्थीहरुको पहुचमा पुगोस् भनेरै सस्तो किसिमको आईप्याड निकाल्न लागेको हो । किनकी एप्पलले अहिलेसम्म आफुले निकालेको उत्पादनहरु विद्यार्थी लक्षित रहेको छैन ।
एप्पलका संस्थापक स्टिभ जब्सले अफ्नो सिईओ कार्यकालमा विद्यार्थी लक्षित गरेर उत्पादन गर्ने सोचाई बनाएपछि उनको मृत्युपछि यो अभियान शिथिल भएको थियो ।
पछिल्लो समयमा हेर्ने हो भने माईक्रोसफ्ट र गुगलले विद्यार्थीहरुलाई लक्षित गरेर धेरै किसिमका उत्पादनहरु बजारमा ल्याएपछि एप्पलले आफुलाई यो क्षेत्रमा पछाडी परेको अनुभव गरेको थियो । पछिल्लो पटक गुगलले ल्याएको क्रोमबुक्स र गुगल क्लासरुम प्रति विद्यार्थीहरुको आकर्षण धेरै नै बढेको छ ।
गत बर्ष एप्पलले ३ सय २९ डलर पर्ने आफ्ना उत्पादनहरु मध्ये सबैभनदा सस्तो आईप्याडलाई बजारमा ल्याएको थियो । यसको उत्पादन लक्ष्य भने गुगलको क्रोमबुकलाई चुनौति दिने मनसाय नै रहेको थियो । अब एप्पलले यो भन्दा पनि सस्तो आईप्याड ल्याउने तयारीमा रहेको बताईएको छ ।





























प्रतिक्रिया