विरुवामा पानी हालेर महामन्त्रीद्धयले गरे काँग्रेस विशेष महाधिवेशन उद्घाटन

विरुवामा पानी हालेर महामन्त्रीद्धयले गरे काँग्रेस विशेष महाधिवेशन उद्घाटन

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले दीप प्रज्ज्वलन सँगै विरुवामा पानी हालेर दोस्रो विशेष महाधिवेशन उद्घाटन गरेका छन्। पार्टीका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विधानको धारा १७(२) अनुसार माग गरेको विशेष महाधिवेशन औपचारिक रुपमा सुरु भएको छ ।

महाधिवेशनलाई कांग्रेसभित्र नेतृत्व, विधान र संगठनको भविष्यसँग जोडेर हेरिएको छ । तर संस्थापन समूहले यसलाई विधानसम्मत नभएको दाबी गर्दै रोक्ने प्रयास गरिरहेको अवस्थामा महामन्त्रीद्वयले उद्घाटन गरे।

उद्घाटन समारोहले मात्र औपचारिक सुरुवात होइन, कांग्रेसभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र संगठन पुनर्जागरणको स्पष्ट सन्देश दिएको विश्लेषकहरूको टिप्पणी छ । ¥याली, नाराबाजी र झाँकीले महाधिवेशन स्थललाई उत्सव र राजनीतिक चेतनाको केन्द्र बनाएको छ ।

महाधिवेशनमा सहभागि प्रतिनिधिहरूले युवा नेतृत्व, पार्टी सुधार र एकता जोड दिँदै कांग्रेसको आगामी राजनीतिक दिशा निर्धारण गर्ने बताएका छन् ।

Skip This
Skip This
Logo