काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि अहिलेसम्म ६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्।
बिहान सवा ८ बजेबाट सुरू महाधिवेशन प्रतिनिधिहरूको नाम दर्तामा अहिलेसम्म ६२.४ प्रतिशतले नाम दर्ता गराइसकेको बताइएको छ । देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। यसको ६२.४ प्रतिशत भनेको २९०० भन्दा बढी हुन आउँछ।
सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। कार्यक्रम स्थल भृकुटीमण्डप मूलगेट सँगैका स्टलहरूबाट नाम दर्ता धमाधम भइरहेको छ।





























प्रतिक्रिया