कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक

कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाली कांग्रेसले मंगलबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बैठक भोलि मंगलबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका हुन् । उक्त बैठकमा पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू तथा सातवटै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशन जारी छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आज बन्दसत्र बसिसकेको छ । पार्टी विभाजनको मुखमा पुगेपछि सभापति शेरबहादुर देउवाले लचकता अपनाएका छन् ।

Skip This
Skip This
Logo