काँग्रेसमा फूटको संकेत :महाधिवेशन स्थलबाट बाहिरिए चन्द्र भण्डारी र सुनील शर्मा

काँग्रेसमा फूटको संकेत :महाधिवेशन स्थलबाट बाहिरिए चन्द्र भण्डारी र सुनील शर्मा

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । पार्टी विभाजनमा साथ नदिने भन्दै नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी र सुनील शर्माले भृकुटीमण्डपस्थित दोस्रो विशेष महाधिवेशनस्थल छाडेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन प्रक्रिया अघि बढाएपछि दुवै नेता महाधिवेशनस्थलबाट बाहिरिएका हुन् । भण्डारी सानेपास्थित केन्द्रीय कार्यसमिति बैठकमा पुगेका छन् भने शर्मा पनि स्थल छाडेर बाहिरिएका छन् ।

डा. भण्डारीले आफू विशेष महाधिवेशनको विपक्षमा नरहेको तर पार्टी फुट स्वीकार्य नहुने स्पष्ट पारेका छन् । “महाधिवेशनलाई सेफ ल्यान्डिङ चाहिन्छ, पार्टी मिलेर जानुपर्छ,” उनले बताएका छन् ।

निर्वाचन तालिका सार्वजनिक भएसँगै उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भइसकेको छ । सचिवालय संयोजक मनोमणि आचार्यले “नयाँ नेतृत्व चयनको रेल गुडिसक्यो, अब रोकिन्न” भन्दै प्रक्रिया नरोकिने स्पष्ट पारेका छन् ।

विशेष महाधिवेशन अघि बढेसँगै सभापति शेरबहादुर देउवामाथि पार्टी फुटबाट जोगाउने दबाब झन् बढेको छ ।

Logo