सानेपामा बोलाइएको केन्द्रिय समिति बैठक अझै बसेन, शीर्ष नेताहरु छुट्टै छलफलमा

सानेपामा बोलाइएको केन्द्रिय समिति बैठक अझै बसेन, शीर्ष नेताहरु छुट्टै छलफलमा

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि बोलाइएको भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन। बैठक सुरू हुन नसक्नुको कारण पार्टीका शीर्ष नेताहरू उपस्थित नभएर भएको एक नेताले बताए ।

सानेपास्थित पार्टी कार्यालयको बैठक हलमा केन्द्रीय सदस्यहरू शीर्ष नेताको पर्खाइमा बसेका छन्। उता कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, नेता डा. शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइराला लगायतका नेताहरू छुट्टै छलफलमा जुटेका छन्।

पार्टी स्रोतका अनुसार, शीर्ष नेताको अनुपस्थितिले बैठक स्थगित भएको हो र छलफलको परिणाम अनुसार मात्रै बैठक अघि बढ्ने सम्भावना रहेको छ। यसले विशेष महाधिवेशनको निर्णय प्रक्रियामा अझै अनिश्चितता बढाएको छ ।

Logo