कांग्रेस विशेष महाधिवेशनः मनोनयनमा आउन सभापति देउवालाई आह्वान

कांग्रेस विशेष महाधिवेशनः मनोनयनमा आउन सभापति देउवालाई आह्वान

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाली कांग्रेसकाे विशेष महाधिवेशन प्रतिनिधिहरुले नयाँ नीति र नेतृत्व चयन गरि छाड्ने दृढता व्यक्त गरेका छन् । उनीहरुले शेरबहादुर देउवालाई निर्वाचनमा भाग लिन आह्वानसमेत गरे ।

मंगलबार नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन प्रचार समितिले प्रतिनिधिहरु नेतृत्व परिवर्तनका पक्षमा रहेको बताएकाे छ ।

नयाँ नीति र नेतृत्व चयन गरेर मात्रै आफूहरू यो हलबाट निस्कने निष्कर्षमा पुगिएको प्रचार समिति संयोजक सुवास पोखरेलले बताए । उनले संस्थापन पक्षले आफूहरूको माग सम्बोधन गर्ने अवस्था नरहेपछि नै नयाँ नेतृत्व चयनको प्रक्रिया शुरू गरिएको पनि स्पष्ट पारे । संयोजक पोखरेलले सो निर्वाचन प्रक्रियामा सहभागी भएर सभापति पदका लागि मनोनयनमा आउन सभापति शेरबहादुर देउवालाई समेत आग्रह गरे।

उनले संस्थापन पक्षसँग संवाद जारी रहे पनि निर्वाचनमा जाने र नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अब नरोकिने बताए । प्रतिनिधिहरु देउवा पक्षसँग वार्ता गर्न गए पनि भागबण्डाका लागि नगएको स्पष्ट पनि पारे ।

देउवा पक्षका नेताहरूले अफवाह फैलाउँदै ४० प्रतिशत भाग खोज्न विशेष महाधिवेशन गरेको आरोप लगाइरहँदा संयोजक पोखरेलले भने, ‘यो विशेष महाधिवेशन सतप्रतिशतका लागि हो ४० प्रतिशतका लागि हैन ।’

उनले अगाडि भने, ‘हामीले भागबण्डा गर्न पठाएका होइनौँ । वार्ता हाम्रो नेतृत्व परिवर्तनका लागि हो ।’ कांग्रेस पार्टीको विशेष महाधिवेशनको सबै जरा यही रहेको भन्दै हेप्ने अधिकार कसैलाई नभएको बताए । राजाले हेप्दा सत्ता गएको भन्दै अब हेपाइ कसैको पनि नसहने उनले बताए ।

Skip This
Skip This
Logo