काठमाडौँ
काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ । मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन् । उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर काठमाडौं मोनोरेल प्रालि नामक कम्पनी गत माघमै स्थापना गरिसकेका छन् । मोनोरेल सञ्चालनबारे छलफल गर्न यति बेला कम्पनीको अध्यक्षमा डा. अमिनुद्दिन अदनान, कर्पोरेट डाइरेक्टर हेन्री जुड, निर्देशक सिएस सेल्भाराजाका साथै बेलायती लगानी कम्पनी एन्जल इन्भेस्टमेन्टका मलेसियाली कन्सलट्यान्ट अल्बर्ट पेरियानागाम काठमाडौंमा छन् ।
सो टोलीले बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर परियोजनाबारे जानकारी गरायो । ‘बुधबार राति अबेरसम्म मलेसियाली टोलीले प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेको छ,’ भेटमा संलग्न एक अधिकारीले बताए, ‘प्रधानमन्त्रीले उहाँहरुको प्रस्तावलाई सकारात्मक रुपमा लिनु भएको छ ।’
उनले छलफल सकारात्मक रुपमा अघि बढेको भन्दै बीचमा कुनै व्यवधान आएन भने शुक्रबार नै विस्तृत परियोजना प्रतिवेदनमा निर्माण गर्न सम्झौता हुन सक्ने सम्भावना रहेको बताए । प्रधानमन्त्रीसँग भएको छलफलमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, एमालेका उपमहासचिव विष्णु पौडेल, पुनर्निर्माण प्रधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवाली सहित सहभागी थिए । चक्रपथमा साँढे २८ किमि लामो डबल ट्र्याकको मोनोरेल निर्माण गर्ने योजना छ, जसको लागत ८० अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
नागरिकबाट





























प्रतिक्रिया