काठमाडौँ
कांग्रेसको केन्द्रीय समिति बैठक आज देखि सुरु हुँदैछ । निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठक चुनावी समीक्षामा केन्द्रित हुनेछ । "/>

कांग्रेस केन्द्रीय समिति बैठक आज देखि शुरु हुँदै

कांग्रेस केन्द्रीय समिति बैठक आज देखि शुरु हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
कांग्रेसको केन्द्रीय समिति बैठक आज देखि सुरु हुँदैछ । निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठक चुनावी समीक्षामा केन्द्रित हुनेछ । बैठकमा सबै नेताहरूलाई चाहेजति बोल्न दिने सभापति शेर बहादुर देउवाको तयारी छ । कांग्रेस भित्र अहिले संस्थापन र प्रतिपक्षीका रूपमा नेताहरू बाँडिएका छन् । बैठकमा नेतृत्व प्रति असन्तुष्ट नेताहरू थप आक्रामक रूपमा प्रस्तुत हुँदै छन् भने संस्थापन पक्ष कुन नेताले निर्वाचन क्षेत्रमा गएर कति भोट बढाए भन्ने हिसाब माग्ने योजनामा छ ।

अहिले पौडेल पक्ष आक्रामक र संस्थापन रक्षात्मक देखिँदै गर्दा तेस्रो विचार समूह दाबी गर्दै सिटौला पक्ष आफ्नो धार बलियो बनाउने अभियानमा लागेको छ । दुई पक्षको विवादमा घुसेर आफ्नो पक्षमा माहोल बनाउने रणनीतिमा सिटौला पक्ष देखिन्छ । बैठकमा सभापतिले सबैलाई खुलेर कुरा राख्न दिने तयारी गरेका छन् ।

बैठकमा सभापतिले सबै सदस्यलाई खुलेर कुरा राख्न दिने तयारी गरेका छन् । निर्वाचन हार्नुका कारण, अब प्रतिपक्षीका रूपमा पार्टीले खेल्नुपर्ने भूमिका र पार्टी सञ्चालनको योजना बनाउने विषयमा बैठक केन्द्रित गर्ने संस्थापनको तयारी छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo