काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सीयस मापन भएको छ । आज बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेल्सीयस न्यूनतम तापक्रम मापन भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
ललितपुरस्थित सानेपामा न्यूनतम तापक्रम ३ डिग्री मापन भएको हो । उपाध्यायका अनुसार यो तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ ।
तापक्रम घटेकोले जाडो महसुस पनि धेरै भएको छ । आजको न्यूनतम तापक्रमको अन्तिम मापन ८ :४५ बजे गरिनेछ ।यसैबीच, आज तराई भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।































प्रतिक्रिया