रौतहट
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनपछि सरकारमा सहभागी हुने बताएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका ७ मा महाविष्णु यज्ञ उदघाटन गर्दै नेता यादवले संविधान संशोधनले मधेसको समस्या समाधान र अधिकार प्राप्त भएपछि मात्र सरकारमा सहभागी हुने बताएका हुन् । "/>

यसकारण हामी सरकारमा गएनौं : उपेन्द्र यादव

यसकारण हामी सरकारमा गएनौं : उपेन्द्र यादव

केन्द्रबिन्दु
0
Shares

रौतहट
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनपछि सरकारमा सहभागी हुने बताएका छन् । रौतहटको देवाही गोनाही नगरपालिका ७ मा महाविष्णु यज्ञ उदघाटन गर्दै नेता यादवले संविधान संशोधनले मधेसको समस्या समाधान र अधिकार प्राप्त भएपछि मात्र सरकारमा सहभागी हुने बताएका हुन् ।

राजनीतिक अधिकार प्राप्त नहुँदा सरकारमा जानुको औचित्य नै नहुने बताउँदै नेता यादवले वर्तमान सरकारले मधेस र मधेसीको अधिकार सुनिश्चित गर्छ भने सरकारमा जान सकिने बताए । मधेसी, आदिबासी, जनजाति तथा पिछडिएका वर्गको हिमाली र पहाडीको अधिकार प्राप्त सुनिश्चित हुने आधार नहुँदा सम्म सरकारमा नजाने आफूहरुको अडान रहेको नेता यादवले स्पष्ट पारेका छन् ।

नेता यादवले फोरमको अग्रसरतामा देशमा संघीयता आएको र संघीयता कार्यान्वयनमा आइसकेपछि अब समृद्धिको बाटोतर्फको यात्रा तय गर्नु पर्नेमा जोड दिए । स्थानीय तहले इमानदारीपूर्वक काम गरेमा समृद्धि प्राप्त हुने स्पष्ट पार्दै अधिकारको मात्र कुरा गरेर नहुने तर प्राप्त अधिकारलाई अझ बलियो बनाउँदै कर्तव्यको पालन गर्नु पर्ने समेत बताए ।
नागरिकबाट

Logo