काठमाडौँ । नेपाली काँग्रेसको महाममन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । शर्मा वर्तमान महामन्त्री हुन् । यस्तै पौडेल १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित उम्मेदवार हुन् ।
सहमहामन्त्री पदमा बागमतीका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दिएको महाधिवेशन स्रोतले बताएको छ ।अहिलेसम्म निर्वाचन समितिले पदाधिकारीतर्फ कुन पदमा अरू कस–कसले मनोनयन दर्ता गराए खुलाएको छैन ।
मनोनयन दर्ता सकिएसँगै अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनलाई मतदान प्रक्रियामा लैजाने तयारी गरेका छन् । तर सकेसम्म सबै निर्वाचित कमिटीलाई सर्वसम्मत गराउने तयारी पनि भइरहेको छ । त्यसकै लागि निर्वाचन समितिले उम्मेदवारी दिएकाहरूलाई फिर्ताको मञ्जुरीनामामा पनि सही गराएर मात्रै मनोनयन दर्ता गराइरहेको छ ।
विशेष महाधिवेशन आयोजकले पदाधिकारीसहितको केन्द्रीय कार्यसमितिलाई सर्वसम्मत बनाएर निर्वाचन आयोगमा जाने तयारी भईरहेको एक नेताले बताएका छन् ।





























प्रतिक्रिया