नेकपा र सुमन सायमी नेतृत्वको एकता पक्षधर समूहबीच पार्टी समायोजन सुरू

नेकपा र सुमन सायमी नेतृत्वको एकता पक्षधर समूहबीच पार्टी समायोजन सुरू

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष सुमन सायमीको नेतृत्वमा रहेको एकता पक्षधर समूहबीच पार्टी समायोजन कार्यक्रम सुरु भएको छ ।

राष्ट्रिय सभागृहमा सुरु भएको समायोजन कार्यक्रममा दुबै पक्षका शीर्ष नेताहरू सहभागी छन् । समायोजनमार्फत वामपन्थी आन्दोलनलाई सुदृढ बनाउने र वैचारिक एकता मजबुत पार्ने उद्देश्य राखिएको छ ।

नेकपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबाट विद्रोह गरेका सायमीले एकताको औपचारिक घोषणा गर्न लागेका हुन् ।

आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सायमी नेकपाबाट काठमाडौं क्षेत्र नम्बर ८ मा उम्मेदवार बन्ने तयारीमा छन्।

Skip This
Skip This
Logo