काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि गरेको कारबाही विशेष महाधिवेशनको हलले खारेज गरेको छ।
विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै कथित निष्कासनको निर्णय महाधिवेशनले मान्यता नदिएको स्पष्ट पारेका छन्।
उनले कारबाहीलाई ‘प्रोपगाण्डा’ को संज्ञा दिँदै त्यसबाट विचलित नहुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
विशेष महाधिवेशनबाट अनुमोदित हुने नयाँ नेतृत्व नै नेपाली कांग्रेसको आधिकारिक नेतृत्व हुने दाबी पनि उनले गरेका छन्।































प्रतिक्रिया