काँग्रेस संस्थापन पक्षद्धारा गगन, विश्व र फरमुल्लाहलाई गरेको कारबाहीको पत्र आयोगमा दर्ता

काँग्रेस संस्थापन पक्षद्धारा गगन, विश्व र फरमुल्लाहलाई गरेको कारबाहीको पत्र आयोगमा दर्ता

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि ५ वर्षे कारबाहीको घोषणा गर्दै पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ।

आयोग स्रोतका अनुसार बुधबार अपराह्न दर्ता भएको पत्रमा देउवा पक्षले तीन नेतालाई कारबाही गरिएको जानकारी समावेश गरिएको छ। कारबाहीमा परेका नेताहरूले भने बहुमत विशेष महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेकाले यस्तो कारबाहीको औचित्य नभएको प्रतिक्रिया दिएका छन्।

यसैबीच, विशेष महाधिवेशन पक्षधरले आजै नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेको छ । पार्टीको बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूको मतद्वारा अनुमोदित नयाँ नेतृत्व नै अब आधिकारिक हुने बताइएको छ ।

Skip This
Skip This
Logo