रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने सरकारको निर्णय

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिने सरकारको निर्णय

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग सरकारले फिर्ता लिने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले रविविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको हो । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन् ।

आफूमाथि राजनीतिक पूर्वाग्रहबाट लगाइएका मुद्दा फिर्ता हुनुपर्ने माग राखेर उनले हिजो मात्रै निवेदन दिएका थिए ।

रविविरुद्ध सुरुमा सूर्यदर्शन सहकारीको रकम अपचलनबारे जिल्ला अदालत कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लागेको थियो। त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा ठगी र संगठित अपराधको अभियोग लाग्यो । रुपन्देहीको सुप्रिम सहकारीमा पनि ठगी र संगठित अपराध लाग्दा चितवनको सहारा सहकारीमा भने ठगीको मात्र अभियोग लागेको छ।

उनी सुप्रिम सहकारी ठगी मुद्धामा गएको ४ पुसमा बिगोबापतको तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा भएका हुन् । थुनामुक्त भएपछि पार्टी नेतृत्वमा सक्रिय भएका उनी आगामी फागुन २१ गते तोकिएको चुनावमा काठमाडौं मेयर बालेन शाहलाई साथमा लिएर होमिने तयारीमा छन् ।

Skip This
Skip This
Logo