काठमाडौं सपना बोकेको फिल्म ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा

काठमाडौं सपना बोकेको फिल्म ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको बिदाको अवसर पारेर ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको हो ।

सामाजिक कथाबस्तु उठान गरेको चलचित्र ‘गोबर गणेश’ले आम नागरिकको काठमाडौं सपनाको कथा भन्ने प्रयास गरेको छ । काठमाडौंमा सुखसयलको जीवन विताउने सपना पूरा नहुँदाको कथा ‘गोबर गणेश’मा हेर्न सकिन्छ । १४० मिनेट रनटाइमको यो चलचित्रले देशब्यापी ११२ शोज प्राप्त गरेको छ ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा बल्छीसँगै, वर्षा शिवाकोटी विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय छ ।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहेको छ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

‘गोबर गणेश’को ट्रेलर लामो समयपछि युट्युबको एक नम्बर ट्रेन्डिङमा आएको थियो । त्यही लोकप्रियता र विश्वास हलमा पनि रहने निर्माण टिमको अपेक्षा छ ।

Skip This
Skip This
Logo