आयोगमा गगन पुगेपछि वकिलहरु गुहार्दै देउवा

आयोगमा गगन पुगेपछि वकिलहरु गुहार्दै देउवा

केन्द्रबिन्दु
90
Shares

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समिति निर्वाचन आयोग पुगेपछि संस्थापन पक्ष एक ठाउँमा उभिएका छन् । सभापति शेरबहादुर देउवा समूहले वरिष्ठ वकिलहरूसँग परामर्श गरी विशेष महाधिवेशन वैध छ कि छैन ? भन्ने विषयमा राय लिएका हुन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवास हात्तिगौडामा भएको परामर्शमा पूर्वमहान्यायाधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, डेमोक्र्याटिक लयर्स एसोसिएसनका प्रतिनिधि र अन्य कानुनविद्हरू सहभागी थिए।

कानुनविद्हरूको राय अनुसार, केन्द्रीय समितिको स्वीकृति नलिई गरिएको विशेष महाधिवेशन वैधानिक ठहर नहुन सक्ने देखिन्छ। आयोगलाई जानकारी दिँदै देउवा पक्षले ‘विशेष महाधिवेशन आधिकारिक छैन’ भन्ने सन्देश दिने तयारीमा रहेको स्रोतले जनाएको छ ।

Skip This
Skip This
Logo