रविको मुद्दा फिर्तामाथि ओलीको कटाक्ष : हिनामिना भएको पैसा महान्यायाधिवक्ता कार्यालयले तिर्छ?

रविको मुद्दा फिर्तामाथि ओलीको कटाक्ष : हिनामिना भएको पैसा महान्यायाधिवक्ता कार्यालयले तिर्छ?

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता प्रक्रियालाई लिएर महान्यायाधिवक्ताको कार्यालयमाथि कडा प्रश्न उठाएका छन्। उनले उक्त कार्यालयलाई ‘इतिहासमै कलङ्कित हुने बाटोमा पुगेको संस्था’को संज्ञा दिएका छन्।

४२औँ पिस्कर सहिद स्मृति दिवसको कार्यक्रममा बोल्दै ओलीले सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर मुद्दामा भएको पत्राचारप्रति आपत्ति जनाए । उनका अनुसार यस्ता निर्णयले कानुनी राज्यको अवधारणामाथि नै प्रहार गरेको छ ।

‘अब कसैले पनि डराउनु पर्दैन, मुद्दा लाग्दैन,’ ओलीले भने, ‘हिजो लागेको मुद्दा पनि माफी मिनाहा हुन्छ, अभियोग फेरिन्छ र चुनावी मैदानमा हिरो बनाइन्छ।’

ओलीले सुशीला कार्की नेतृत्वको सरकार विदेशी प्रभावमा चलेको आरोपसमेत लगाउँदै महान्यायाधिवक्ताको भूमिकामाथि प्रश्न गरे। ‘एउटा काण्ड बिर्सन नपाउँदै अर्को काण्ड आउँछ,’ उनले भने, ‘दुनियाँको हिनामिना भएको पैसा आखिर कसले तिर्छ?’

कार्यक्रममा ओलीले आफूहरूको लक्ष्य ‘नेपालीको नेतृत्वमा नेपालीकै सरकार’ बनाउने रहेको बताउँदै विदेशी इशारामा बनेको सरकार ढाल्ने चेतावनी समेत दिए ।

Skip This
Skip This
Logo