रौतहट
रौतहटको एक नगरपालिकाका प्रमुखलाई फोनबाट धम्की दिएर फिरौती रकम माग्ने दुई जना पक्राउ परेका छन् । रौतहटको बृन्दाबन नगरपालिकाका प्रमुख रामस्नेही राय यादबलाई अपहरण र हत्याको धम्की दिने दुई जना ललितपुरको बालकुमारीबाट पक्राउ परेका हुन् । "/>

मेयरसँग २० लाख फिरौती माग्ने दुई जना पक्राउ

मेयरसँग २० लाख फिरौती माग्ने दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

रौतहट
रौतहटको एक नगरपालिकाका प्रमुखलाई फोनबाट धम्की दिएर फिरौती रकम माग्ने दुई जना पक्राउ परेका छन् । रौतहटको बृन्दाबन नगरपालिकाका प्रमुख रामस्नेही राय यादबलाई अपहरण र हत्याको धम्की दिने दुई जना ललितपुरको बालकुमारीबाट पक्राउ परेका हुन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको प्रहरी टोलिले नगरप्रमुख यादबलाई धम्की दिने रौतहटको कटहरिया निबासी २५ वर्षीय मोहम्मद सम्सुल आलम र राजपुर नगरपालिका निवासी ४५ वर्षीय जुल्फिकर सेक लाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैले नगरप्रमुख यादबसँग बीस लाख रुपैयाँ चन्दा माग गरेको र नदिए हत्या गर्ने धम्की दिएका थिए । उनीहरुको लामो प्रयास पछि नगरप्रमुख यादवलाई दश लाख सम्म दिए पनि आफुहरुले केही नगर्ने भन्दै रकम लिनलाई मोलमोलाई गर्दै आएका थिए ।

नगरप्रमुख यादवले भने उनीहरुले धम्की दिए पिच्छे प्रहरीलाई जानकारी गराउँदै आएका थिए । धम्की दिने समुहका दुई जना पक्राउ परेपछि बृन्दाबन नगरपालिकाका प्रमुख रामस्नेही राय यादवले कानुनी राज्यको अनुभुति भएको बताए । पक्राउ परेका दुबै जनालाई रौतहट पठाउने तयारी भएको व्युरोका एसएसपी अर्यालले जानकारी दिएका छन् ।
नयाँपत्रिकाबाट

 

Logo