लुक्ला
यती एयरलाइन्स–तारा एयरले सगरमाथाको १ सय टन फोहोर एयरलिफ्ट गर्ने भएको छ । खुम्बु पासाङ ग्रामिण नगरपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लव र संयुक्त राष्ट्र विकास कार्यक्रमसँगको साझेदारीमा २०१८ मा सगरमाथा क्षेत्रबाट काठमाडौंमा रिसाइकल गर्न प्राकृतिक रुपमा नष्ट नहुने एक सय टन फोहोरमैला एयरलिफ्ट गर्ने प्रक्रिया औपचारिक रुपमा सुरुवात गरेको छ ।
यो अभियान एयरलाइन्सको २००८ देखि सुरु गरिएको सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन र पर्यावरण जागरण प्रति केन्द्रित सीएसआर कार्यक्रमको निरन्तरता हो । १७ मार्चमा लुक्ला एयरपोर्टमा एक उद्घाटन कार्यक्रम आयोजना गर्दै, एयरलाइन्सले पहिलो पटक उडान भर्दै आफ्नो सफाई अभियानको सुरुवात गरी सगरमाथा क्षेत्रका विभिन्न संकलन केन्द्रहरूमा जम्मा भएका फोहोर मैलाको मात्रा र तीनलाई व्यवस्थित गर्न तोकिएको एक निश्चित समयको जानकारी सार्वजनिक गरेको थियो । लगभग ५ हजार किलो फोहोर त्यही दिन एयरलिफ्ट गरिएको थियो ।
यती एयरलाइन्स–तारा एयरले विशेषतः जिम्मेवार खपत र उत्पादन (एसडीजी १२), जलवायु परिवर्तन (एसडीजी १३), जैविक विविधताको खपत (एसडीजी १५) र साझेदारी (एसडीजी १७) सम्बन्धित दिगो विकास लक्ष्य (एसडीजी) प्रतिको आफ्नो प्रतिबद्धताको रूपमा सगरमाथा क्षेत्रबाट २०१८ मा १०० टन फोहोर हटाउने महत्वाकांक्षी उद्देश्य तय गरेको हो । सङ्कलन गरिएका फोहोर रिसाइकल गर्न काठमाडौँ पुर्याइनेछ ।
नागरिकबाट































प्रतिक्रिया