काठमाडौं
खानेपानी तथा सरसफार्इ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर सहित एक दर्जन भन्दा बढी कर्मचारी छड्केमा परेका छन् । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आइतबार १० बजे मन्त्रालयमा छड्के जाँच गर्दा ती कर्मचारी अनुपस्थित थिए ।
मन्त्री मन्त्रालय पुग्दा सचिव ठाकुर, सहसचिव अनिल खनाल, ज्योतिकुमार श्रेष्ठ सहित एक दर्जन भन्दा बढी कर्मचारी अनुपस्थित भएको मन्त्रालय स्रोतले बतायो । ‘पहिलो दिनमै सचिव, सहसचिव सहित दर्जन भन्दा बढी कर्मचारी अनुपस्थित हुनु राम्रो होइन,’ मन्त्रीको भनार्इ उद्दृत गर्दै एक कर्मचारीले भने, ‘भोलि देखि कार्यालय समयमा उपस्थित नहुने र तोकिएको काम नगर्ने कर्मचारी माथि कारबाही अघि बढ्छ ।’ उनले अनुपस्थित हुने कर्मचारीको नाम टिपेर लगेकी छिन् । मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले भने मन्त्रीले छड्के गरेको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘खै मन्त्रीले छड्के गरेको भन्ने त मैले थाहै पाइनँ,’ सहसचिव सुवेदीले भने ।
नागरिकबाट































प्रतिक्रिया