काठमाडौँ
प्रधानमन्त्री केपी ओलीले सरकार सबैको सुझाव लिन तयार रहेको तर कसैको दबाबमा नपरी काम गर्ने बताएका छन् । उनले भने, सरकार सबैको सुझाव लिन्छ तर कसैको दबाबमा परेर निर्णय लिदैन ।’ प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकोले यसका लागि नीति निर्माण तहमा बस्नेहरुको सोचाइ पनि परिवर्तन हुनु पर्ने बताए । ‘हामीले अब पनि परम्परागत मानसिकता नै राखेर काम ग¥यौं भने देश बन्दैन’ प्रधानमन्त्री ओलीले भने‘ किनकि यो असाधारण दायित्व बोकेको सरकार हो ।’
उनले हिजो सिंहदरवारमा मन्त्री र सचिबहरुलाई निर्देशन दिँदै सबैलाई जवाफदेही ढंगले काम गर्न निर्देशन दिए । ‘हामी नेपाललाई मगन्ते रहित बनाउन चाहन्छौं’ प्रधानमन्त्री ओलीले भने ‘सडकमा मागेर दिन कटाउनेहरुले अब रोजगारी गरेर आफ्ना परिवार पाल्ने अवसर पाउने छन् ।’
सरकारको मुल लक्ष्य समृद्ध नेपाल, सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न ओलीले मन्त्री तथा सचिबहरुलाई निर्देशन दिए । ‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढंगले काम गर्नु पर्छ । उपलब्धी देखिने गरी काम गर्नुपर्छ ’ प्रधानमन्त्री ओलीले भने ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया