ओलीको गृहक्षेत्रमा चुनावी घम्साघम्सीः नेकपाबाट रञ्जित तामाङ मैदानमा,रास्वापाबाट बालेनको चर्चा

ओलीको गृहक्षेत्रमा चुनावी घम्साघम्सीः नेकपाबाट रञ्जित तामाङ मैदानमा,रास्वापाबाट बालेनको चर्चा

केन्द्रबिन्दु
48
Shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लिएर झापा–५ मा राजनीतिक सरगर्मी तीव्र बनेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले यस क्षेत्रबाट रञ्जित तामाङ लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झापा–५ बाट चुनावी प्रतिस्पर्धाका लागि तामाङलाई टिकट दिएका हुन्। तामाङ नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्षसमेत हुन्।

उम्मेदवारी टुंगिएसँगै तामाङले आफूलाई टिकट प्रदान गरिएको जानकारी भिडिओमार्फत फेसबुकमा सार्वजनिक गरेका छन्। उनले लेखेका छन्,
“नेपाली कम्युनिष्ट पार्टीका संयोजक श्रद्धेय नेता क. प्रचण्डबाट फागुन २१ गतेका लागि चुनावी अनुमति प्राप्त भएको छ। नेतृत्वप्रति आभार व्यक्त गर्दै झापा क्षेत्र नं. ५ का मतदातालाई चुनाव चिन्ह ‘तारा’ मा मतदान गरी जनसेवाको अवसर दिन विशेष अपिल गर्दछु।”

झापा–५ पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो। यस क्षेत्रबाट यसपटक पनि एमालेले ओलीलाई नै उम्मेदवार बनाउने निश्चित भइसकेको छ।

यसबाहेक, झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह लाई उम्मेदवार बनाउने चर्चा समेत चलिरहेको छ । यदि बालेन उम्मेदवार बने, झापा–५ मा चुनावी भिडन्त थप रोचक र बहुआयामिक बन्ने विश्लेषण गरिएको छ ।

ओलीको बलियो पकड मानिने क्षेत्रमा नेकपाबाट रञ्जित तामाङको उम्मेदवारी, र सम्भावित रूपमा बालेन शाहको आकांक्षाले झापा–५ निर्वाचनको रोचक केन्द्र अवश्य वन्नेछ ।

Skip This
Skip This
Logo