परिवर्तनलाई डराएर होइन खुशी भएर अँगाालो मार्नुपर्छ,गगन थापालाई हार्दिक बधाई :सुजता कोइराला

परिवर्तनलाई डराएर होइन खुशी भएर अँगाालो मार्नुपर्छ,गगन थापालाई हार्दिक बधाई :सुजता कोइराला

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि पार्टीभित्र र बाहिर विभिन्न प्रतिक्रिया आइरहेका बेला कांग्रेस नेतृ सुजाता कोइराला ले खुलेर बधाई तथा शुभकामना दिएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै कोइरालाले कांग्रेसमा आएको नेतृत्व परिवर्तनलाई विभाजन नभएर जनचाहनाअनुसारको स्वाभाविक रूपान्तरण भएको टिप्पणी गरेकी छन्।
कोइरालाले भनेकी छन् , “आजको नेपाली समाज, युवापुस्ताले परिवर्तन चाहेको छ। परिवर्तनलाई डराएर होइन, हाँसेर र खुसी भएर अँगालो मार्नुपर्छ। नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, तर पार्टी फुटेको छैन। नयाँ सभापति आउनुभएको छ, म उहाँलाई बधाई दिन चाहन्छु।”

सुजाता कोइरालाले बीपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाको संगठनात्मक मार्गदर्शन लाई नबिर्सी अघि बढ्न गगन थापालाई सुझाव दिँदै त्यसो गर्न सके कांग्रेसले पुनः जनविश्वास जित्ने दाबी गरिन्।

उनले कांग्रेसलाई मजबुत बनाउँदै देशको उन्नति र स्थायित्वतर्फ अग्रसर भएमा काँग्रेस पार्टी र सम्पूर्ण जनताले पनि नयाँ नेतृत्वलाई स्वीकार गर्ने विश्वास व्यक्त गरिन्।

सन्देशको अन्त्यतिर उनले पार्टीका नेताहरूलाई परिवर्तनलाई खुसीसाथ स्वीकार्न र कानुनको व्याख्या बढी गरेर राजनीति जटिल नबनाउन समेत आग्रह गरेकी छन्।

Logo