निर्वाचन आयोगविरुद्ध सर्वोच्च जाने देउवा पक्षको निर्णय

निर्वाचन आयोगविरुद्ध सर्वोच्च जाने देउवा पक्षको निर्णय

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । निर्वाचन आयोगले मान्यता नदिएपछि नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको देउवा पक्षको विघटित केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने आयोगको निर्णय सही नभएको जिकिर गर्दै अदालत जाने निर्णय गरेको हो ।

आयोगले शुक्रबार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गर्न पाउने र त्यो मागअनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था, विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि र विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति देखिएन भन्ने आधारमा थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको थियो । यो निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक कांग्रेसको सभापति थापा बनेका छन् ।

यता नियमित महाधिवेशन पक्षधरहरुले सर्वोच्च जाने निर्णय गरेका हुन् ।

Skip This
Skip This
Logo