फेसनको रुपमा अहिले स्मार्ट वाच योङ जेनेरेसनहरुको पहिलो रोजाईमा रहेको छ । यही कुरालाई बुझेर अहिले धेरै किसिमका कम्पनीहरुले स्मार्ट वाचको निर्माणमा अफुलाई सक्रिय बनाउन थालेका छन् ।
यदी तपाईहरु पनि स्मार्ट वाच किन्ने सोचाईमा हुनुहुन्छ भने यि कुराहरुलाई एक पटक पढेर मात्र किन्ने सोचाई बनाउनु होला ।
एप्पल वाच सिरिज
स्मार्ट वाचमा बढी रुचाईएको कम्पनी भनेको एप्पल पनि रहेको छ । एप्पलले अहिले स्मार्ट वाचमा सिरीज थ्रिलाई बजारमा ल्याइसकेको छ । आफ्नो पछिल्लो सिरीज टुको जस्तै देखिएपनि यसको अन्तरिक कार्यहरुमा भने फारक रहेको छ । एप्पलले निकालेको यो स्मार्ट वाचमा ओएस फोर, १ दशमलब ५३ इन्चको ओलिड डिस्प्ले, एस टु प्रोसेसर, ८ र १६ जिवीको स्टोरेज र १८ घन्टा चल्ले ब्याट्रि क्षमताको रहेको छ ।
सामसुङ गियर थ्रि
सामसुङको गियर थ्रि पनि अत्याधिक रुचाईएको स्मार्ट वाचको रुपमा रहेको छ । जिपिएर अप्सन समेत रहेको यो वाच टाइजन अपरेटिङ सफ्टवेयर रहेको छ । तिन दिनसम्म ब्याट्रि चल्ने यो स्मार्ट वाचमा डुअर कोर प्रोसेसर र ४ जिबी स्टोरेज रहेको छ ।
गार्मिन फर रनर
गार्मिनले बजारमा निकालेको फर रनर पूर्ण रुपमा स्मार्ट वाच नभएपनि यसमा स्मार्ट वाचको सुविधाहरु भने रहेको छ । आफ्नो स्मार्टफोनसंग पियर गरेर म्युजिकमा कन्ट्रोल र मेसेजको नोटिफिकेसन पाउन सकिन्छ । गार्मिन अपरेटिङ सिष्टम रहेको यसको डिस्प्ले ३१ दशमलब १ मिलिमिटर रहेको छ । ७ दिन सम्म चल्ने ब्याट्रि क्षमता यसमा रहेको छ ।
आशुष जेन वाच
एण्ड्रोइड अपरेटिङ सिष्टम भएको स्मार्ट वाच रुचाउनेहरुका लागि आशुषको जेन वाच थ्रि उपयोगि हुनसक्छ । कन्बेसनल वाच जस्तो देखिने यो वाचको हार्ड वेयर बटनहरु निकै उपयोगि रहेको छ । १ दशमलब ३९ इन्चको डिस्प्ले रहेको यो स्मार्ट वाचमा स्न्याप ड्रगनको प्रोसेसर रहेको छ । ४ जिबी स्टोरेर क्षमता रहेको यो स्मार्ट वाचको ब्याट्रि एक पटक चार्ज गरेपछि दुई दिनसम्म काम गर्न सक्छ ।
फोसिल क्यू मार्सल
स्ट्यालिस स्मार्ट वाच रुचाउनेहरुको पहिलो रोजाईको रुपमा फोसिलको क्यू मार्सल पनि हुने गरेको छ । एण्ड्रोइड अपरेटिङ सिष्टमको स्न्यापड्रगनको प्रोसेसर रहेको यो स्मार्ट वाच १ दशमलब ५ इन्चको एलसिडी डिस्प्लेमा रहेको छ । ४ जिवी स्टोरेज क्षमता रहेको यो स्मार्ट वाचको ब्याट्रि २४ घन्टासम्म चल्ने गर्छ ।
वावे वाच २
स्पोर्टी लुकको स्मार्ट वाच लगाउन चाहनेहरुको पहिलो रोजाईमा वावेको वाच टु रहेको छ । जिपिएस र फोर जी कनेक्टिभिटी रहेको यो स्मार्ट वाच अन्यको तुलनामा केही गह्रुगो रहेको छ । एण्ड्रोइड अपरेटिङ सिष्टम रहेको यो वाचमा स्न्यापड्रयागन प्रोसेसर रहेको छ । १ दशमलब २ ईन्चको डिस्प्ले रहेको यो वाचमा ४ जिवी स्टोरेज रहेको छ । एक पटक चार्ज गर्दा यसको ब्याट्रिले दुई दिनसम्म काम गर्न सक्छ ।































प्रतिक्रिया