रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु

रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु

केन्द्रबिन्दु
0
Shares

रुस– रुसमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान सुरु भएको छ । रुसी महासंघको पूर्वी क्षेत्र काम्चाट्का र चोकोट्कामा आइतबार बिहान स्थानीय समय अनुसार ८ बजे मतदान सूरु गरिएको छ ।

रुसको भूभाग निकै ठूलो रहेको र यहाँको समयमा पनि फरक पर्ने भएकोले ती बाहेकका रुसका अरु कैयौँ क्षेत्रका मतदाताले भने मतदानका लागि घन्टौँ कुर्नुपर्ने हुन्छ ।

निर्वाचन अधिकारीहरुले जनाएअनुसार स्थानीय समयानुसार आइतबार बिहान ८ बजेबाट सुरु भएको मतदानको समापनका लागि अरु कैयौँघन्टा लाग्नेछ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख इल्ला पाम्फीलोभाले रुसका करिब ११ करोड नागरिक यस निर्वाचनमा मतदानका लागि योग्य भएको जानाए ।

कुल मतदाता मध्ये करिब २० लाख नागरिक विदेशमा रहेको पनि उनले बताए । उनीहरुका लागि पनि विदेशमै मतदानको व्यवस्था मिलाइएको छ । मतदानका लागि देशभित्र ९७ हजार मतदान केन्द्र तोकिएकोे छ भने विदेशमा रहेका रुसी नागरिकका लागि पनि ४ सय भन्दा बढी मतदान केन्द्रको व्यवस्था गरिएको बताइएको छ ।

झण्डै १५ सय अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरुले निर्वाचनको अनुगमन गरिरहेका पनि अधिकारीले जानकारी दिए । ती अनुगमनकर्ताहरु १ सय ९ देशबाट आएका हुन् । रुसका वर्तमान राष्ट्रपति भ्यादिमिर पुटिनसहित आठ जना उम्मेदवार राष्ट्रपति पदका लागि चुनावी मैदानमा रहेका छनु । पुटिन स्वतन्त्र उम्मेदवार बनेर उम्मेदवारी दिएका छन् ।

उनीसँग प्रतिश्पर्धा गर्न लिवरल डोमोक्र्याटिक पार्टी अफ रसिया ९एलडीपीआर० को तर्फबाट भ्लादिमिर झिरिनोम्सक्याफ्रम र कम्युनिष्ट पार्टी अफ द रसियन फेडेरेसन ९सिपीआरएफ०को तर्फबाट व्यापारी पाभेल ग्रुडीनीन, याब्लोको पार्टीबाट ग्रिगोरी याभ्लीङकी लगायतले उम्मेदवारी दिएका छन् ।

मतदानको दुइ दिनअघि रुसी जनतालाई विषेश सम्बोधनगर्दै राष्ट्रपति पुटिनले रुसको भविश्यका लागि मतदान गर्न आह्वान गरेका थिए । रुसको संघीय संविधानअनुसार राष्ट्रपतिको कार्यकाल ६ वर्षको हुनेछ । राष्ट्रपतिको उम्मेदवार हुनका लागि ३५ वर्ष पुगेको हुनुपर्ने, मतदाता नामावलीमा नाम भएको हुनुपर्ने लगायतका मापदण्डहरु तोकिएको छ ।

Skip This
Skip This
Logo