‘परीक्षण सफलपछि खोप आयातका लागि अध्यादेश ल्याइन्छ’ : मन्त्री ढकाल

‘परीक्षण सफलपछि खोप आयातका लागि अध्यादेश ल्याइन्छ’ : मन्त्री ढकाल

केन्द्रबिन्दु
0
Shares

मोरङ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ खोप परीक्षण सफल हुना साथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिएका छन् । उनले कोरोना सङ्क्रमितको उपचारमा सघाउन सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको बताए ।

प्रदेश नं १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को विहिबार अनुगमनका क्रममा मन्त्री ढकालले कोरोना सङ्क्रमितको उपचारका लागि एचडियु र अक्सिजनसहितको एक सय शैयाको नागरिक सेन्टरको निर्माण कार्य गरिएकोमा प्रशंसा पनि गरे । उनले उपचारका लागि अक्सिजन, आईसियु र भेन्टिलेटरको आवश्यकता देखिएकाले त्यसलाई प्राथमिकता राखिएको बताए।

मन्त्री ढकालले सरकारले सुविधा सम्पन्न तीन हजार ५०० सय शैया थप गर्ने तयारी गरेको जानकारी दिँदै दुई हजार काठमाडौँ उपत्यका र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने बताए। प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र सेन्टरका संयोजक पवन सारडा लगायतले प्रदेश सरकारको रु २ करोड, निजी क्षेत्रको रु १ करोड ५० लाख र महानगरपालिकाको रु २५ लाखको लागतमा निर्माण कार्य भइरहेको जानकारी दिए । मन्त्री ढकालले कोशी अस्पताल विराटनगरको पनि अनुगमन गरेका थिए ।

स्वास्थ्योपचारका लागि टेलिमेडिसिन

प्रदेश नं १ र भारतीय सीमावर्ती क्षेत्रका जनतालाई विराटनगर रहेको अस्पतालमा सहज स्वास्थ्य सेवा उपलव्ध गराउन क्यूरा हेल्थ एप्लिकेशनमार्फत आजदेखि टेलिमेडिसिन सेवा शुरु गरिएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी क्यूरा हेल्थको मोबाइल एप्लिकेसनमार्फत स्वास्थ्य सम्बन्धी सम्पूर्ण कार्य गर्न सकिने हेल्थका सञ्चालक आयुस भगतले जानकारी दिए। क्युरा हेल्थको प्रयोग गरी आफूले खोजेको अस्पताल, चिकित्सक, समय र शुल्क आदिबारे घरमै बसेर तय गर्न सकिनेछ ।

उक्त सेवा अहिले विराटनगरस्थित विराट अस्पताल, लाइफगार्ड अस्पताल र श्री राम डेन्टल क्लिनिकसँग सहकार्य गरी शुरु गरिएको तथा आगामी दिनमा सरकारी लगायत अन्य थप अस्पतालसँग आवद्ध हुने जनाइएको छ ।

Skip This
Skip This
Logo