जुम्लामा नेकपाबाट नरेश भण्डारी चुनाव लड्ने

जुम्लामा नेकपाबाट नरेश भण्डारी चुनाव लड्ने

केन्द्रबिन्दु
42
Shares

जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जुम्लामा नरेश भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालले पार्टीका जुम्ला जिल्ला इन्चार्ज समेत रहेका भण्डारीलाई टिकट दिएका हुन्।

भण्डारीले सामाजिक सञ्जालमा आफुलाई पार्टीले उम्मेदवार सिफारिस गरेको जनाएका छन्। भण्डारीले भने ,‘आगामी निर्वाचनका लागि पार्टीले मलाई उम्मेदवारका रुपमा चयन गरेको छ ।’

भण्डारी २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए । २०७४ मा जुम्ला १ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनी कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री समेत भएका थिए।

Skip This
Skip This
Logo