काठमाडौं। नेकपा (एमाले) का नेता विष्णु रिमालले आसन्न आम निर्वाचन निर्णायक लडाइँ भएको भन्दै नेता–कार्यकर्तालाई टिकट विवादभन्दा माथि उठेर अघि बढ्न आग्रह गरेका छन् ।
रिमालले सामाजिक सञ्जालमार्फत भनेका छन्, “हामी सबैको लक्ष्य एउटै छ – पार्टीलाई जिताउनु। कोही उम्मेदवारको रूपमा, कोही प्रचारकको रूपमा – तर भूमिका एउटै हो। यदि हामी एकजुट हुन सकेनौँ भने न उम्मेदवारले जित्छ, न संगठनले श्रेय पाउँछ ।” उनले टिकट वितरणको विवादलाई अहिलेको लागि थाती राख्नुपर्ने र आगामी अवसरका लागि तयार रहन समेत सवैलाई आग्रह गरेका छन् ।
रिमालले यसपालि नपाउनेले अर्को पटक टिकट पाउने भन्दै अहिले पार्टीप्रति घेराबन्दी र आक्रमण तीव्र भएका बेला हाम्रो एकतावद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको जिकिर गरेका छन् । रिमालले भने, “यो चुनाव जलाउने र जोगाउने, भत्काउने र बनाउने बीचको निर्णायक जनमत संग्रह हा े। हामीले आफ्नो जिम्मेवारी विर्सनु हुँदैन ।”
नेता रिमालले उम्मेदवार चयनमा परेका सबै उम्मेदवारहरूलाई जितको शुभकामना दिँदै, पार्टीको पहिलो शक्ति बन्न सबै पंक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।































प्रतिक्रिया