काठमाडौं
प्रधानमन्त्री केपी ओली कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् । मेयर चौधरीलाई अपरिचत समुहले गत सोमबार (फागुन २८ गते) घोडाघोडी मै गोली र खुकरी प्रहार गरी सख्त घाइते बनाएका थिए ।
शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर प्रधानमन्त्री ओली सहितको टोलीले चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । चौधरीको उपचारमा सम्लग्न चिकित्सक डा. प्रदीप थापाले प्रधानमन्त्री ओलीलाई जानकारी गराए अनुसार चाौधरीको अवस्था खतरमुक्त छ ।
प्रधानमन्त्री ओलीले अस्पताललाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । ‘ उपचार खर्च सरकारले बेहोर्छ’ प्रधानमन्त्री ओलीले भने ,‘उहाँको उपचारमा कुनै पनि कसर बाँँकी नराखी उपचार गर्नुहोस ।’
नयाँ पत्रिकाबाट































प्रतिक्रिया