दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगद्वारा साइबर ब्युरोलाई पत्राचार

दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगद्वारा साइबर ब्युरोलाई पत्राचार

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरेको छ।

नेपाली कांग्रेसको विवाद मिलाउन सभापति गगन थापा पक्षबाट ५२ करोडको लेनदेन गरेको आरोप लगाएपछि आयोगले अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाउन ब्युरोलाई पत्राचार गरेको हो ।

गत शुक्रबार कांग्रेसको विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको कार्यसमितिलाई आयोगले अध्यावधिक गर्ने निर्णय गरेको थियो । उक्त निर्णय पैसा लिएर गरेको भन्दै एक सामाजिक कार्यक्रममा उनले भिडिओ नै सार्वजनिक गरेका थिए ।

Logo