पदाधिकारीनै वञ्चित हुँदा पार्टी प्रवेश गरेकै दिन एमालेमा टिकट पाउने यी हुन तिन नेता

पदाधिकारीनै वञ्चित हुँदा पार्टी प्रवेश गरेकै दिन एमालेमा टिकट पाउने यी हुन तिन नेता

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । नेकपा एमालेमा विधार्थी राजनीति देखी पदाधिकारीसम्म भएकाले टिकट नपाइरहेका सन्दर्भमा केही व्याक्तिहरुलाई ओलीले टिकट दिएका छन्। उम्मेदवारी छनोट र टिकट विवादले यतिवेला एमालेभित्र गहिरो मतभेद निम्त्याएको छ । यहि कारण पनि निर्वाचनको मतपरिणाम फरक आउने राजनीतिक विश्लेषकहरु बताउँछन् । योगेश भट्टराई लगायतका दर्जनौँ नेताहरु उम्मेदवार बन्न बाट बञ्चित हुँदा पार्टी प्रवेश गर्नेहरुले धमाधम टिकट पाएका हुन् । टिकट पाउनेमा जनता समाजवादी पार्टीका पूर्वमन्त्री प्रदीप यादव र इस्तिहाक राई यस्तै नेपाली काँग्रेस परित्याग गरी एमाले प्रेवेश गरेका वीरेन्द्र कुमार कनौडिया रहेका छन् ।

कडौनिया कांग्रेसमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल नाम सिफारिसमा परेका व्याक्ति हुन्। काँग्रस भित्रको आन्तरिक किचलोको कारण उनी शनिबार मात्र एमालेमा प्रवेश गरेका थिए। प्रवेश गरेकै दिन एमालेले उनलाई टिकट पनि दियो।
एमालेले उनलाई कपिलवस्तु क्षेत्र नम्बर ३ मै टिकट दिएको हो । एमाले प्रवेशपछि उनले कांग्रेसाको किचलोमा फस्नु भन्दा एमालेमा रहन उचित लागको बताएका थिए ।

यस्तै आइतबार रातिमात्र एमालेमा प्रवेश गरेका जनता समाजवादी पार्टीका पूर्वमन्त्री प्रदीप यादव र इस्तिहाक राइले पनि पार्टी प्रवेश गरेकै दिन एमाले बाट टिकट पाए ।

उनहरु पार्टी प्रवेशका लागि ओली निवास गुण्डु पुगेका थिए । ओलीले उनीहरुलाई स्वागत गरे । यादव र राई अशोक राई नेतृत्वको जसपाका उपमहासचिव थिए । पार्टी प्रवेशसँगै यादवलाई एमालेले पर्सा १ मा र राईलाई बाँके २ मा टिकट दिएको हो ।

Skip This
Skip This
Logo