टिकट नपाएपछि गोकुल बास्कोटाको असन्तुष्टि- मसँग आँखा जुधाएर कुरा गर !

टिकट नपाएपछि गोकुल बास्कोटाको असन्तुष्टि- मसँग आँखा जुधाएर कुरा गर !

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आगामी चुनावका लागि टिकट नपाएपछि नेतृत्वप्रति लक्षित गर्दै कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

बास्कोटाले सामाजिक संजालमा लेख्दै कसैको नाम नतोके पनि पदीय मर्यादामा रहेका व्यक्तिहरूले आफ्नो ‘बदख्वाईं’ (निन्दा) गरेको भन्दै आक्रोश पोखेका हुन् । उनले लेखेका छन्, ‘त्यति मात्र सत्य बोल जति भेट हुँदा आँखा जुधाएर कुरा गर्न सकियोस्,जसलाई जे लिनु दिनुछ त्यो गर्नु तर पदमा बसेर नभएका कुरामा मेरो बद्ख्वाई नगर्नु। म पद लिएर आएको पनि होइन र जाने पनि होइन ।’

बास्कोटाले जित्दै आएकाे काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ मा यसपटक एमालेले अशोक ब्याञ्जूलाई उठाउने भएको छ। एमालेका केन्द्रीय सदस्य रहेका ब्याञ्जू धुलिखेल नगरपालिकाका मेयर हुन्।

सो क्षेत्रबाट एमाले नेता गोकुल बास्कोटालाई मुख्य दाबेदारका रूपमा हेरिएको थियो। उनको नाम जिल्ला कमिटीबाट एकल सिफारिससमेत भएको थियो। तर, व्यक्तिगत सम्बन्ध राम्रो नभएका कारण पार्टी अध्यक्ष केपी ओलीले बास्कोटालाई टिकट नदिएको चर्चा एमालेमा छ । गत महिना सम्पन्न एमाले महाधिवेशनमा बाँस्कोटा ईश्वर पोखरेल खेमाबाट सचिव पदमा उम्मेदवार बनेका थिए।

Skip This
Skip This
Logo