बुटवल। नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरण टुंग्याएसँगै असन्तुष्टि बढ्दै गइरहेको छ । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा तथा पूर्वसांसद यज्ञजित शाहले एमालेबाट राजिनामा दिएका हुन्।
रुपन्देही–३ बाट उम्मेदवारी आकांक्षा राख्दै आएका शाहलाई पन्छाउँदै एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि उनी असन्तुष्ट बनेका थिए । टिकट नपाउने निश्चित भएपछि शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन्।
राजीनामा पत्रमा शाहले पार्टीभित्र अवसरवाद हावी भएको आरोप लगाउँदै आफूजस्ता पुराना कार्यकर्तालाई मूल्यांकन नगरिएको गुनासो गरेका छन्। “पार्टीमा बसिरहनु औचित्यहीन भएको अनुभूति भयो,” पत्रमा उल्लेख छ ।
शाहले करिब नौ वर्षअघि ओली र उपाध्यक्ष विष्णु पौडेललाई भेटेर एमाले प्रवेश गरेका थिए । तर प्रवेशपछिका वर्षहरूमा कुनै जिम्मेवारी वा अवसर नपाएको उनको भनाइ छ । शाह २०३८ सालदेखि राजनीति र सामाजिक गतिविधिमा निरन्तर सक्रियता जनाउँदै आएका थिए ।































प्रतिक्रिया