काठमाण्डौ। नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभा निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गाएको छ । गण्डकी प्रदेशका ११ वटा जिल्ला अन्तर्गत १८ निर्वाचन क्षेत्रमा पार्टीमा योगदान दिएकाहरुलाई चुनावमा टिकट दिएको हो । कास्की १ मा राजकाजी गुरुङ (करण),कास्की २ मा किरण थापा (अमोद), कास्की ३ मा प्रेम पौडेलले टिकट पाएका छन् । यस्तै स्याङ्जा १ मा शैलेन्द्र घिमिरे र स्याङ्जा २ मा पदम बहादुर विश्वकर्मा चुनावी मैदानमा उत्रिने भएका छन् ।
एकमात्र निर्वाचन क्षेत्र भएको पर्वतमा वौद्धिक तथा वैचारिक युवा मनहरी तिमिल्सिनाले टिकट पाएका छन् । तिमिल्सिना चुनावी अभियानमा लागिपरिसकेका छन् । यस्तै बागलुङ १मा कृष्ण के.सी.र बागलुङ २मा ज्ञामनाग गैरै अनिलले टिकट पाएका छन् । म्याग्दीमा अर्जुन थापा,मुस्ताङ १मा ङुटुक गुरुङ (टाइगर), मनाङ्ग १मा देव गुरुङ, लमजुङ १मा हरिजंग तामाङ, गोर्खा १मा हरिराज अधिकारी ’कुमार’ ,गोर्खा २मा लेखनाथ न्यौपाने, तनहुँ १मा विद्यानाथ ढकाल, तनहुँ २मा सोम बहादुर थापा, नवलपुर १मा लोक प्रसाद भुर्तेल (भीषण),नवलपुर २मा गणेशमान महतोले ले टिकट प्राप्त गरेका छन् ।
परिवर्तनको लागि एक मत, एक मत सुशासन र समृद्धिका लागि यस्तै एक मत – जनताको पक्षमा ! भन्ने नारा लिएर नेकपाका नेताहरु चुनावी मैदानमा उत्रिसकेका छन् ।































प्रतिक्रिया