मुख्य दलले म्याग्दीबाट निर्वाचन उम्मेदवारको टुङ्गो लगाए

मुख्य दलले म्याग्दीबाट निर्वाचन उम्मेदवारको टुङ्गो लगाए

केन्द्रबिन्दु
24
Shares

बेनी। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य राजनीतिक दलले म्याग्दीबाट उम्मेदवारको टुङ्गो लगाएका छन् ।

जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोकामगर र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट धु्रव घिमिरेले उम्मेदवारी दिने भएका हुन्।

पाँचै जनाले सम्बन्धित पार्टीको तर्फबाट मनोनयनपत्र प्राप्त गरिसकेका छन्। मुख्य दलबाट उम्मेदवारको टुङ्गो लागेसँगै दलहरू आज हुने मनोनयन दर्ताको तयारीमा जुटेका छन् । एमालेबाट उम्मेदवार बन्न लाग्नुभएका श्रेष्ठ पार्टीको केन्द्रीय सदस्य हुन भने उनी विसं २०७९ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका खमबहादुर गर्बुजासँग पराजित भएका थिए ।

नेपाली कांग्रेसबाट उम्मेदवारी दिन लागेका भण्डारी पार्टीको जिल्ला उपसभापति हुन् । नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिन लाग्नुभएका थापा विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा होमिएका थिए । उनी अहिले पार्टीको विशेष प्रदेश समन्वय समितिको सचिवालय सदस्यको जिम्मेवारीमा छन्।

रास्वपाबाट उम्मेदवार हुन लाग्नुभएका मगर पार्टीको जिल्ला सभापति हुनुहुन्छ भने नेकपा (माओवादी)बाट उम्मेदवार बन्न लागेका घिमिरे पार्टीको पोलिटब्युरो सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज हुन्। एमालेबाट उम्मेदवार बन्न लागेका श्रेष्ठबाहेक अन्य चार जना पहिलो पटक चुनावमा होमिएका हुन्।

यसपटक जिल्लामा दल गठबन्धन नगरिकन चुनावमा होमिएका छन् । आगामी निर्वाचनका लागि म्याग्दीमा कूल ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र छ । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदानस्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।

Skip This
Skip This
Logo