साईप्रसकी दुई सन्तानकी आमाले आफ्नै स्तनवाट आउने दुध बिक्रि गरेर लाखौं रुपैंया आम्दानी गरेकी छिन् ।
आमाको दुध बच्चालाई अमृत समान हुन्छ भन्ने बैज्ञानिक मान्यतालाई ध्यानमा राखेर उनले पहिलो सन्तान पाउदा बढी भएको दुध, आफ्नै सन्तानलाई स्तनपान गराउन असमर्थ रहेका महिलाहरुलाई दिने गरेकी थिईन् । दोस्रो पटक आफ्नो सन्तान भएपछि उनले बढी भएको दुध बिक्रिमा राख्दा बडीबिल्डरहरुमा अत्याधिक लोकप्रिय भएको छ ।
साईप्रसकी २४ बर्षिया राफाएला लांप्रोउले पहिलो सन्तान हुदाँ देखिनै अत्याधिक दुध स्तनवाट आएको थियो । त्यो बेलामा उनले आमा भएर पनि दुध नआएकाका सन्तानलाई निशुल्क दिएकी थिईन् । अहिले दोस्रो सन्तान हुदाँ पनि उनको स्तनवाट दुध चाहिने भन्दा बढी आउन थालेको थियो । यसै खेर जाने दुधलाई उनले बिक्रि गर्ने सोचाई बनाईन् ।
उनको यो कार्य थाहा पाएपछि बडि बिल्डरहरु नै किन्न आउन थाले । बडि बिल्डरहरुलाई पनि आमाको पोषिलो दुधले निकै फाइदा गरेको थाहा पाएपछि यो कुरा उनीहरुको सर्कलमा भाइरल भयो । मानिसको दुधले मांसपेशीलाई राम्रो गर्छ भनेपछि उनकोमा दुध लिन सधैजसो लाईन हुने गर्छ । उनले अनलाईन मार्फत् पनि बिक्रि थालेकी छिन् । यसका लागि स्तनको दुध दिने महिला निरोगि हुनु पर्छ भन्छिन् । जसको कारण दुध लिन कतिपय बडिबिल्डरहरु उनको घरसम्मै आउन थालेका छन् । १ यूरो प्रति आउन्समा बिक्रि गर्ने राफाएलाले यसपटक ५ सय लिटर भन्दा बढी दुध बिक्रि गरेर करिब ७ लाख रुपैंया भन्दा बढी कमाईसकेकी छिन् ।































प्रतिक्रिया