अन्तरिम सरकारका चार मन्त्री को कहाँ बाट लड्दैछन ?

अन्तरिम सरकारका चार मन्त्री को कहाँ बाट लड्दैछन ?

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार जना मन्त्रीहरु राजीनामा दिएर चुनाव लड्ने कसरतमा जुटेका छन् ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेका अन्तरिम सरकारका शिक्षामन्त्री महावीर पुनसहित चार जना मन्त्रीहरुले राजीनामा दिएर चुनावमा उत्रिएका हुन्।

आज बिहान मात्रै राजीनामा दिएका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गृहजिल्ला म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

निवर्तमान ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्दैछन् । यस्तै निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका हुन् ।

निर्वतमान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि राजीनामा दिएर चुनावमा मैदानमा छन् । गुप्ता सिराहा १ बाट चुनाव लड्नेछन् । २१ फागुनमा हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको समय छ । उम्मेदवारहरु आ आफ्नो क्षेत्रमा उम्मदवारी दर्ता गराइरहेका छन् ।

Logo